५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित २ पक्राउ


प्रकाशित: शुक्रबार, ११ जेठ २०७५, १२ः५७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट प्रहरीले लागुऔषधसहित २ लाई पक्राउ गरेको छ ।

 
प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा खटिएको प्रहरी टोलीले बुटवलबाट काठमाडौ आँउदै गरेको लु.१ ख ९८५२ नम्बरको बसमा सवार २४ बर्षीय सुनिल बि.क.र २३ बर्षीय सुनिल बि.क.लाई लागूऔषध सहित पक्राउ गरेको हो ।

 
उनीरुको साथबाट प्रहरीले फेनारगन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल, नुर्फिन  ३ एम्पुल, इस्पास २४ ट्याब्लेट, नाइट्रोभेट १४ ट्याब्लेट र सिरिन्ज ४ थान सहित बिहीबार पक्राउ गरेको जनाएको छ ।

चितवन मंगलपुर बस्ने यी दुईलाई प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex