३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको नयाँ बसपार्कबाट गएराती ७३ जना पक्राउ


प्रकाशित: आईतबार, १९ माघ २०७६, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट असमाजिक गतिविधीमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । 


प्रहरीले नयाँ बसपार्कबाट अवैध र अनैतिक कार्यमा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिएको बताएको छ । 


प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा उनीहरुलाई पक्राउ गरेको हा ।  पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन ।


लागू औषध दुव्र्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएका महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex