५ जेठ २०८२, आइतबार
Header

काठमाडौंको नदी सतहमा बाढी, बल्खु खोलामा एक जना मृत भेटिए


प्रकाशित: बुधवार, १६ साउन २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरुमा बाढी आएको छ । 


अहिले बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।


सोही क्रममा प्रहरीले काठमाडौंको बल्खु खोलामा एक जनालाईे मृत अवस्थामा भेटिएको बताएको छ । 


प्रहरीका अनुसार खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । 


मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो भएको प्रहरीले बताएको छ । 


बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको थियो । 


प्रहरीले कुलेश्वर र बल्खुबाट मात्रै ११ जनालाई सकशुल , नयाँ बसपार्कस्थित मितेरी पुलबाट २४ वर्षीया मनिषा बुढाथोकीलाई उद्धार गरेर गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex