२४ आश्विन २०८३, शनिबार
Header

काठमाडौंको धरहरा परिसरमा भूकम्पको १०औ स्मृति सभा (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, १२ बैशाख २०८२, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृतिमा आज शुक्रवार काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा १०औ स्मृति सभा आयोजना गरिएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पको १०औ स्मृति सभाको उद्घाटन गरे ।

 
स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि केन्द्रित हुनुपर्ने बताए ।

 


उनले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई समाधान गर्नुपर्ने उल्लेख गरे।


उनले ७२ सालको भूकम्पपछि उद्दार कार्यमा, राहत कार्यका साथै पुर्ननिर्माणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट भएको सहयोग प्रंसशनीय रहेको जिकिर गरे ।


आजकै दिन वि.स. २०७२ साल बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर ७ दशमलव ९ रेक्टरको शक्तिशाली भूकम्प जाँदा १० हजार बढि मानिहरुको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकाका सम्पदामा ठुलो क्षति पुगेको थियो ।

 

 


तस्वीरहरुः प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय

asteriskhubs
Home Page Bottom Second


maharjan complex