६ जेठ २०८१, आइतबार
Header

काठमाडौंको तिनकुनेमा ग्यास उत्खनन सुरु गरिने


प्रकाशित: शुक्रवार, ३ फागुन २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको तिनकुनेमा ग्यास उत्खनन गर्ने कार्य अघि बढाउने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए ।


ग्यास उत्खनन प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत जग्गा प्राप्ती बढाएको यादवले बताए । 


शुक्रबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले खानी तथा भुभगर्ग विभाग र जाइकाको सहयोगमा उपत्यकाका १४ वटा स्थानमा अध्ययन गरेपछि तिनकुनेमा ग्यास उत्खनन गर्न लागिएको जानकारी दिए । 


त्यसैगरी मन्त्री यादवले नवलपरासीको धावनी क्षेत्रमा फलाम खानी रहेको जानकारी दिँदै सो क्षेत्रमा खानी उत्खनन गर्ने प्रक्रिया अघि बढाउने लागिएको बताए ।


चीनको प्रयोगशालामा परीक्षण गर्दा नवलपरासीमा फलाम भएको पुष्टि हुन आएको  र सो क्षेत्रमा दश लाख टन फलाम रहेको राष्ट्रिय सभालाई उनले जानकारी गराए ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD