२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको ढुङ्गेधारा अध्ययनका लागि पुल्चोक क्याम्पससँग सहकार्य


प्रकाशित: सोमवार, २३ माघ २०७९, १६ः४० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले  काठमाडौँका ढुङ्गेधाराबारे अध्ययन गर्न इञ्जिनियरिङ् अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य गर्ने भएको छ । 


ढुङ्गेधारा र भूमिगत पानी पुनस्र्थापनाको अध्ययन गर्ने विषयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र क्यामपस प्रमुख डा. इन्द्रप्रसाद आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । यो सम्झौता २ बर्षका लागि हो ।  


प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सहरलाई मानव बसोबास योग्य बनाइ राख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनभरणको रैथाने विधिलाई बैज्ञानिक कोणबाट अध्ययन गर्नु पर्ने आवश्यकता महसुस गरेर सहकार्य गर्न सम्झौता गरेको बताए । 


विज्ञहरुबाट काठमाडौँ उपत्यकाको ढुङ्गेधारा प्रणाली र भूमिगत पानीको सतह सम्बन्धी घटना क्रम अध्ययन गर्नु सम्झौता बमोजिमको मुख्य काम हुनेछ ।

 
जल विज्ञान अवस्थाको अध्ययन विश्लेषणका लागि दुवै पक्षको सहभागिता रहनेछन । अध्ययनमा हिटी (ढुङ्गेधारा) निर्माण, उपयोग तथा संरक्षण सम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ । 

 

 


सम्झौता अनुसार प्राचीन प्रणाालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । त्यस्तै आधुनिक विकाससँग परम्परागत ढुङ्गे धारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिनेछ ।


स्मारक तथा अन्य क्षेत्रमा भएका ढुङ्गेधारा सम्बन्धी अभिलेख तयार गर्नु, तस्विर संग्रह गर्नु सम्झौताको अर्को महत्वपूर्ण काम हो । 


अध्ययनबाट देखिएको अवस्थाका आधारमा आकाशे पानी संकलन तथा पुनभरण, ढुङ्गेधाराको दिगो उपयोग र संरक्षण सम्बन्धी प्रस्ताव तथा शिफारिस दिइनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex