काठमाडौं । काठमाडौंको ढल्कु तथा टोखामा नगद र सुनका गहनाहरु चोरी भएको प्रहरीले बताएको छ ।
काठमाडौं महानगरपालिका ढल्कुस्थित गटकबहादुर खडकाको घरमा रहेको लालीकुमारी श्रेष्ठको एसियन ड्रक डिस्पराइडको कार्यालयको ढोका फोडेर दराजमा रहेको नगद १ लाख ३० हजार रूपैयाँ गएराति चोरी भएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं टोखा नगरपालिका–३ ढलमल डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकाकी डोल्मा मगरको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर दराजमा रहेको नगद १ लाख ४० हजार र सुनका विभिन्न गरगहना समेत गरी करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
चोरहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Categorized in समाज