काठमाडौं । काठमाडौं प्रहरी परिसरले काठमाडौको टोल–टोलमा हतियारसहित प्रहरीको साईकल गस्ती सुरु गरेको छ ।
जुनियर प्रहरी अधिकृतको नेतृत्वको १६ जनाको टोलीले यही साउन ३ गतेबाट दैनिक गस्ती शुरु गरेको हो । उनीहरुले हरेक दिन बिहान ९ः३० बजेदेखि ११ बजेसम्म र दिउँसो २ः३० देखि ६ बजेसम्म गस्ती गर्दै आएको छ ।
परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार साईकलबाट सहजै काठमाडौको गल्लीमा जान सकिने भएकोले सो टोली तयार गरी गस्ती सुर गरेको हो ।
सो गस्ती टोलीले विभिन्न गल्लीगल्ली छिरेर त्यहाँ गुण्डागर्दीमा संलग्न व्यक्तिमाथि निगरानी, त्यहाँ भएका झैंझगडा लगायतमा निगरानी गरेर आवश्यक परे पक्राउ समेत गरी स्थानीय प्रहरी वृत्त वा प्रभागलाई बुझाउने छ ।
यो अभियानको क्रममा अहिलेसम्म २० जना पक्राउ परिसकेका परिसरले जनाएको छ ।
गस्ती टोलीले ट्राफिक जाम हटाउनेदेखि मादक पदार्थ सेवन गरी होहल्ला गरी हिँड्ने व्यक्तिलाई नियन्त्रणमा लिनेसम्मको काम गर्ने गरेको छ ।
Categorized in समाज