५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको टेकु लगायत यी स्थानमा १ बजेदेखि बत्ती जाने


प्रकाशित: शनिवार, २७ पुस २०८१, ०८ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल विद्युत प्रधाकिरणले एक सुचना जारी आज शनिवार काठमाडौंको टेकु लगायत विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने जनाएको छ । 


प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको चारवटा फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।


क्षेत्रपाटी फिडर, टेकु थापाथली फिडर, टेकु त्रिपुरेश्वर फिडर र थापाथली फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत लाइन मर्मत तथा विस्तार गर्नका लागि ती फिडरहरू सट डाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।


क्षेत्रपाटी फिडर अन्तर्गत क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा बत्ति जाने छ ।

 
त्यसैगरी, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्र,त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि विजुली कटौती हुने सूचनामा उल्लेख छ ।


थापाथली फिडर अन्तर्गत प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म विद्युत अवरूद्ध रहनेछ ।


त्यसैगरी, बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गत पर्ने स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।


कन्चन गेट, स्याङ्जाली चोक, सतुंगल, बोशीगाउँ, बोथली चोक, जन विकास स्कुल, टखेल लगायतका क्षेत्रमा विजुली काटिने प्राधिकरणले जनाएको छ।

 

11 January 2025, Saturday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex