५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको टेकुबाट ठगी अरोपमा एक पक्राउ  


प्रकाशित: सोमबार, २१ जेठ २०७५, १५ः४३ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । बैदेशिक रोजगारमा पठाई दिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौको टेकुबाट प्रक्राउ गरेको छ ।

 
प्रहरीले ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

 
ढकालले गोरखा पालुङटार नगरपालिका–२ घर भएका कृष्ण प्रसाद पोखरेललाई जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काम लगाउने भनी विश्वास दिलाई उक्त नगद लिई भिषा प्रोसेस लगायतका कागजातहरु मिलेन भनी आलटाल गर्नुको साथै सिटिजन बैंक इन्टरनेशनल लिमिटेड सामाखुसी शाखाबाट रकम भुक्तानी लिनु भनी खातामा रकम नभएको ४ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए ।


पीडितको जाहेरी अनुसार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ढकाललाई आइतबार टेकुबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex