२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंको टुुँडिखेलमा यस्तो देखियो तमु ल्होसार (तस्वीरहरु)


प्रकाशित: आइतवार, १५ पुस २०८०, २०ः०० बजे
- रचना शाही खड्गी

काठमाडौं । गुुरुङ समुदायले काठमाडौंको टुंडिखेलमा आफ्नो सांस्कृति परम्परा अनुसार धुमधामसँग तमु ल्होसार मनाएका छन । 


सार्वजनिक विदा समेत पाएको ल्होसार मनाउन आईतवार गुरूङ समुदायका मानिसहरू बसन्तपुरमा भेला भई त्यहाँबाट र्‍याली गर्दै टुँडिखेल पुगेका थिए । 


टुँखिेलमा कार्यक्रमका प्रमुख अतिथी रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गुरुङ समुदायको महत्वपूर्ण तमु ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन । 

 


प्रधानमन्त्री दाहालले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिए ।


नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको प्रम दाहालले भनाई राखेका थिए ।

 
ल्होसार देशभरीका गुरूङ समुदायले विभिन्न कार्यक्रम मनाइएका छन । तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन । 

 


‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।


‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD