१७ बैशाख २०८१, सोमबार
Header

काठमाडौंको टुसाल र मध्यबानेश्वरबाट सुनका गहना तथा नगद चोरी


प्रकाशित: बुधबार, ६ भाद्र २०७५, १२ः३१ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको टुसाल र मध्यबानेश्वरबाट सुनका गहना तथा नगद चोरी भएको छ ।

 
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ टुसाल गल्ली बस्ने बुद्धमाया गुरुङको घरबाट मंगलबार बिभिन्न देशका मुद्रा, १३ तोला सुनका गहना तथा सोही घरमा डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–४ घर भएका हरि कोईरालाको कोठाबाट नगद ४५ हजार रुपैयाँ , २० तोला सुनका गहना, हिराको हार १ थान र थाई भाट १ हजार ६ सय समेत दुवैजनाको गरी करीव १६ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ । 


यसैगरी काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वर मितेरी मार्ग डेरा गरी बस्ने मोरङ विराटनगर महानगरपालिका–४ घर भएकी दिपा बस्नेतको डेरा कोठामा मंग्लबार कोही नभएको अवस्थामा झ्यालको ग्रिल फोडेर नगद २२ हजार रुपैयाँ सहित करीव १ लाख ७४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 


फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD