काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको झोंछे र ओमबहालकमा रहेको एक लाईन मोटरसाईकल पार्किङ (बाइक) हटाएको छ ।
बुधवारबाट सो क्षेत्रको पार्किङ हटाएको महानगरपालिकाले जनाएको छ । मंगलवार पार्किङ हटाउन नगर प्रहरीले माइकिंग गरेको थियो ।

अहिले सो क्षेत्रमा ‘नो पार्किङ’ को बोड राखेर पार्किङ निषेध गरेको हो । महानगरले फुटपाथमा पार्किङ निषेध गर्ने नीति अनुसार अहिले काठमाडौंको विभिन्न स्थानमा पार्किङहरु हटाउन थालेको छ ।
स्थानीय व्यापारीहरुले भने महानगरले विना विकल्प यसरी पार्किङ हटाउँदा व्यवसायमा असर पर्ने भन्दै पार्किङको उचित विकल्प दिनु पर्ने माग राखेका छन ।


तस्वीहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय