४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको जमल र बौद्धबाट ४ जना पक्राउ


प्रकाशित: विहिवार, २८ भाद्र २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । बन्यजन्तु चितुवाको छाला, हड्डी तथा बाघको छाला सहित ४ जनालाई काठमाडौंको जमल र बौद्ध आरुवारीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका–५ का २० वर्षीय सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका ३७ वर्षीय लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका–९ का ३१ वर्षीय रमेश बोहरा रहेका छन् । 


काठमाठौं महानगरपालिका–२६ जमलबाट चितुवाको छाला २ थान र हड्डी डेड किलो सहित प्रहरीले पक्राउ गरेको हो ।


यसैगरी गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी बस्ने सर्लाही घर भएका २२ वर्षीय सुजन वाईबालाई आरुवारीबाट बाघको छाला १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex