१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंको चिनारी स्थापित गर्न कर्माचार्यको संयोजकत्वमा समिति गठित


काठमाडौं । काठमाडौं चिनारीलाई पर्यटकको स्मरणमा स्थापित गर्न नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के. के. कर्माचार्यको संयोजकत्वमा गठित ७ सदस्यीय समितिको गठन भएको छ ।


समितिको सदस्य सचिवमा सदस्य सचिवमा महानगको सम्पदा तथा पर्यटन बिभागका प्रमुख रामबहादुर थापा रहेका छन भने  सदस्यमा कलाकारहरु सुनिल रञ्जितकार, एक्काराम सिंह, धर्मराज शाक्य, सुष्मा राजभण्डारी र महानगरको सहरी योजना आयोगको सचिवालयकातर्फबाट मनराजा रञ्जित रहेका छन । 


नेपाल पर्यटन बर्ष २०२० मा काठमाडौंको चिनारीलाई पर्यटकको स्मरणमा बसिरहने बनाउन महानगरले स्कल्पचर तथा कलाकृति प्रतिस्थापन निर्देशक समिति गठन गरेको छ । 


काठमाडौंका बिभिन्न सार्वजनिक स्थानमा मूर्ति, चित्र तथा अन्य आकृति चिनारीको निर्माण तथा प्रतिस्थापन गरिने भएको छ । त्यस्ता प्रतिमाले काठमाडौं उपत्यकाको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा सम्पदाको गरिमा बिम्बित हुनेछ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले हामीसँग भएको खेर गईरहेको सार्वजनिक ठाउँलाई चिनारी दिने प्रतिमा तथा कलात्मक बस्तु राखेर सुन्दर बनाउनुपर्ने जानकारी दिए । 


महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, सार्वजनिक स्थानलाई कलात्मक प्रतिमा तथा चित्रकलाबाट आकर्षक बनाउनुसँगै पर्यटन बर्षमा नेपाल आउने पर्यटकलाई लिएर जाने स्थानीय उत्पादन बढाउने कार्यक्रम ल्याउनु पर्ने खाँचो देखाईन । 


सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सार्वजनिक स्थानमा चित्रकला, मूर्तिकला, धातुकला, काष्ठकला र प्रस्तरकला उपयुक्त हुने धारणा राख्दै, युवा पुस्तामा यस सम्बन्धि प्राबिधिक तालिमका कार्यक्रम पनि सँगै लैजानु पर्ने सुझाव राखे । 


समितिका संयोजक कर्माचार्यले काठमाडौंका महत्वपूर्ण ठाउँ भ्रमण गरेपछि कुन ठाउँमा कस्तो कला उपयुक्त हुन्छ । योजना तयार पारिने बताए । 
शनिवार, १४ भाद्र २०७६, १३ः०० बजे

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD