२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंको चावहिल, कोटेश्वर र कपनमा नक्कली सुनको ठगी व्यापार गर्ने ३ पक्राउ


प्रकाशित: शुक्रबार, ४ साउन २०७५, २१ः४७ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौको चावहिल, कोटेश्वर र कपन क्षेत्रलाई टार्गेट गरी नक्कली सुनको ठगी धन्दा गर्ने ३ जनालाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ । 


महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको प्रहरी टोलीले विहिबार काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक धैवुङ्ग–३ घर भएका २३ वर्षीय राज लामा तामाङ, जोरपाटी बस्ने नुवाकोट दुप्चेश्वरी–४ वेतिनि घर भएका २६ वर्षीय म्लाङसिङ्ग लामा र काठमाडौं कपन बस्ने सोलुखुम्वु घर भएका टासी लाक्पा शेर्पालाई पक्राउ गरेको छ ।

 
प्रहरी टोलीले चुच्चेपाटीबाट राज लामा र म्लाङसिङ्ग लामा तथा कपनबाट टासी शेर्पालाई पक्राउ गरेको हो ।

 
उनीहरुबाट प्रहरीले १ के।जी नक्कली सुनको विस्कुट, १ थान वेरुवा औठी र १ थान नक्कली सुनको सिक्रिको नक्कली विल समेत बरामद गरेको छ ।

 
पक्राउ परेका राज लामा विगतमा महानगरीय प्रहरी बृत्त बौद्द र महाराजगंजमा दुईपटक ठगी केशमा मुद्दा चलेको व्यक्ति र टासी लाक्पा शेर्पा २०५८ सालमा आफ्नै फुपुलाई कर्तव्य गरी मारेको मुद्धामा १० वर्ष जेल भुक्तान गरी  निस्केको र हाल डकैती, चोरी तथा लुटपाटमा संलग्न रहेको खुल्न आएको छ ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD