३ भाद्र २०८३, बुधबार
Header

काठमाडौंको चापकोटबाट प्रहरीले ८१ हजार नगदसहित १२ जुवाडे पक्राउ


प्रकाशित: आईतबार, २० माघ २०७५, १०ः०५ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौंको चापकोटबाट प्रहरीले ८१ हजार ८०० नगदसहित १२ जुवाडे पक्राउ गरेको छ ।


शनिवार बेलुका महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले संयुक्त रुपमा उनीहरुलाई शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमाजुवा खेलिरहेको अवस्थाम पक्राउ गरेको हो । 


महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालका अनुसार पक्राउ पर्नेमा काठमाडौँ शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत बाह्र जना रहेका छन । 


पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex