५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौंको चक्रपथभित्र १२ विद्युतीय बस सञ्चालन सुरु 


प्रकाशित: शुक्रवार, ३२ असार २०८२, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरमा विद्युतीय बस सेवा सुरु गरिएको छ । 


महानगर यातायात प्रालिले बुधबारदेखि चक्रपथभित्र १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो । 


भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक विशेष कार्यक्रमबीच नयाँ बस सेवा शुभारम्भ गरे । कार्यक्रममा मन्त्री दाहालले वातावरणमैत्री तथा स्मार्ट सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको उल्लेख गर्दै सरकारले यस किसिमको पहललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।


“सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ,” मन्त्री दाहालले भने, “नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु सरकारको प्राथमिकता हो ।”


कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले कम्पनी नेपालकै पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको जानकारी दिए । कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमा उपत्यका र आसपासका क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको बताए ।


हाल कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बस सेवा सञ्चालन गरिसकेको छ  । कम्पनीको उद्देश्य सहरी क्षेत्रको स्वस्थ वातावरण प्रवद्र्धन गर्नु र दिगो सार्वजनिक यातायात प्रणाली विकास गर्नु रहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex