२९ मङ्सिर २०८२, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको चक्रपथभित्र अनिश्चितकालिन कर्फ्यू जारी 


प्रकाशित: मंगलवार, २४ भाद्र २०८२, ०८ः१५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले मंगलबार बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं महानगरको चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेका हुन ।


प्रशासनले जारी गरेको सूचनाअनुसार बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको सम्पूर्ण भूभागमा कर्फ्यू लागू हुनेछ ।


कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटधारी यात्रुहरुलाई सुरक्षाकर्मीमार्फत आवतजावतमा सहजीकरण हुने प्रशासनले स्पष्ट पारेको छ ।


सोमबार जेन–जीले काठमाडौंमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा १९ जनाले ज्यान गुमाएका थिए। सो दिन नै बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो । 


मध्यराति कर्फ्यू आदेश लम्ब्याएर मंगलबार बिहान ५ बजेसम्म कायम गरिएकोमा, पछिल्लो सूचनासँगै कर्फ्यू क्षेत्र विस्तार गरी अनिश्चितकालीन बनाइएको हो । 


हेरौं विज्ञप्तीः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex
Naya bachat suchna 2082