काठमाडौं । बुधवार विहान काठमाडौंको गौरीघाटमा लागेको आगो नियन्त्रणमा आएको छ ।
काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित विहान ४ बजेबाट टेन्ट पण्डाल राखिएको एक टहरामा आगलागी भएको थियो ।
प्रहरी वृत्त गौशालाका अनुसार विहान ६ बजेको आसपासमा ४ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिएको हो ।
आगलागीको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले भनाई छ ।
सो स्थानका वडाध्यक्ष विमलकुमार होडाका अनुसार आगलागीबाट टहरा नजिक रहेका १/२ वटा घरमा पनि सामान्य क्षति पुगेको छ ।
Categorized in समाज