२ भाद्र २०८३, मंगलबार
Header

काठमाडौंको गोर्कणमा सडक विस्तारको नाममा उठीवास गर्न खोजियोः स्थानीय


प्रकाशित: विहिवार, २३ जेठ २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं १ को भित्री सडक विस्तार गरी स्थानीयको उठीवास गराउन खोजिएको स्थानीयले दुःखेसो व्यक्त गरेका छन । 


स्थानीयहरुले घरधनीहरुलाई कुनै सुचना नदिई सडक विस्तारको योजना ल्याएपछि सकक विस्तारको नाममा विस्थापित गर्न खोजिएको आरोप लगाएको छ । 


नगरपालिकाले चालू आर्थिक वर्षको योजनामा वडा नं १ को कारखानाबाट रामेश्वर खड्काको घरसम्म सडक स्तरोन्नति गर्ने कार्यक्रम राखिएको छ । 


तर सडक विस्तारको विषयमा भने कुनै स्थानीयले कुनै सुचना नदिई सडक विस्तार गर्ने योजना बढाएपछि स्थानीय चिन्तित बनेको छ । 


विसं २०३३ र २०४५ को मापदण्डअनुसारका मूल सडक विस्तार हुन नसकेका बेला गोकर्णेश्वर नगरपालिका–१ मा भित्री सडक विस्तार गर्ने नाममा वर्षौँदेखि बस्दै आएका मानिसको बास उठाउन खोजिएको स्थानीयको भनाई छ । 


स्थानीय लालकृष्ण मिश्रले एक दशकअघि आफ्नो घरमा कोही नभएको मौका छोपी सडक सीमा सारेको समूहले सारिएको स्थानमा धारा हालेको थियो । 


अहिले धारा भत्काएपछि सडक विस्तारका नाममा आवासको हकबाट बञ्चित गर्न खोजिएको मिश्रले बताए । 


यता नगरपालिकाका योजना शाखा प्रमुख मीनराज कोइरालाले सडक दायाँबायाँका जग्गाधनीको सहमतिविना एउटा इँटा पनि सार्न नसकिने बताएका छन  । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex