१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा 


प्रकाशित: मंगलवार, २९ चैत्र २०७८, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन । 


शहरी विकास मन्त्रालयले मंगलावर आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी आयोजित गोष्टीमा प्रम देउवाले सो बताएका हुन ।  


भूमाफियाहरुको कारण भविष्यमा काठमाडौंमा कुनै खाली ठाउँ बाँकी नरहने भएकोले सचेत भएर काम गर्नुपर्ने उनले बताए । उनले यसलाई नियन्त्रण गर्न आवश्यक भएको पनि भनाई राखे ।  


प्रम देउवाले पछिल्लो समय काठमाडौमा देखिएको फोहर व्यवस्थापन समस्याबारे पनि बोलेका छन । उनले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको सुनाए ।


फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD