काठमाडौं । प्रहरीले राजस्व छली गरेको आरोपमा एक चिनियाँ नगरिकसहित २ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार काठमाडौं महानगरपालिका – १७ क्षेत्रपाटी र ठमेलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जियाङ सु होटल एण्ड रेष्टुरेन्ट प्रालिका संचालक चिनियाँ नागरिक याओ लियाङलिन र ठमेलको होटल छेन्दु प्रालिबाट दिपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।
सिआइबीको टोलीले अवैध रूपमा चिनियाँ मुद्रा ल्याएर भन्सार तथा राजस्व छली गरेको भन्ने सूचनाको आधारमा लियाङलिनको होटलमा पुगेको थियो ।
प्रहरीले होटलबाट ३७ लाख ८१ हजार ३५० रुपैयाँ, १२ हजार भारतीय रुपैयाँ, दुई हजार थाई भाट, ५३० अमेरिकी डलर, ३०० युरो डलर, ३२ हजार ७० चिनियाँ युआन बरामद गरेको थियो ।
साथै प्रहरीले दिपेन्द्रबाट पनि ९ लाख रुपैयाँ बरामद गरेको छ । घटनाको थप अनुसन्धान गर्न सिआइबीले उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाएको छ ।
Categorized in समाज