१७ बैशाख २०८१, सोमबार
Header

काठमाडौंको कोर सिटीको चोक र बाहाःहरुमा हाइ मास्ट बत्ती बालिने


प्रकाशित: आइतवार, ३ भाद्र २०८०, २१ः०० बजे
- अजयकुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको कोर सिटीको चोक र बहालहरुमा हाईमास्ट बत्ति बाल्ने भएको छ । 


महानगरले चालु आर्थिक बर्षको लागि घोषणा गरेको सुन्दर महानगर योजना अन्तर्गत अव छिट्टै नै बाहाः(बहाल) र चोकहरुमा उक्त बत्ति जडान गरिने भएको हो । 


महानगरको सार्वजनिक निर्माणका विभागीय प्रमुख ई. रामबहादुर थापाले महानगरको व्युटिफिकेशनको लागि ल्याएको सुन्दर महानगर योजना अन्र्तगत सो बत्तिहरु राखिने जानकारी दिए ।

 
उनले भने,‘अहिले महानगरको चार वटा आर्क व्रिजहरुमा बत्ति राखिने काम सम्पन्न भएको छ, अब दोस्रो चरणमा कोर सिटीको र बहालहरुमा ८ सय वाटको लिड बत्ति राखेर उज्यालो पार्ने कामको तयारी गर्देछौ ।’


यस योजनामा महानगरलाई सुन्दर, सफा र उज्यालो बनाउन २५ करोड बजेट समेत विनियोजन महानगरले गरेको उनले सुनाए । 


त्यसैगरी कोर सिटीका सडकहरुमा पहिलो जस्तो ढूंगा नछापि अब अर्के विशेष खालको नउप्किने ढुंगा राखेर सफा सडक बनाउने योजना पनि थापाले जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD