काठमाडौं । काठमाडौं महानगरपालिका वडा १२ अध्यक्ष बालकृष्ण महर्जनले कोर क्षेत्रको फोहोर तत्काल व्यवस्थापन गर्नु पर्ने बताएका छन ।
विहिवार काठमाडौं महानगरपालिकाको सातौं कार्यपालिका समितिको बैठकमा वडा अध्यक्ष महर्जनले सो कुरा बताउदै भने,‘भोलीदेखि त जात्रा सुरु भयो, यो टाईमा कोर एरियामा फोहोर उठाउन सकेन भने महानगरका सबै जनताले हामीलाई गाली गर्ने भयो, बरु हामी पनि खटुला तर यो कोर एरियाको बाटोमा भएको फोहोर भोली भन्नु भएन, आजै तत्कालै फोहोर व्यवस्थापन गर्नु पर्ने भएको छ ।’
काठमाडौंमा भोली जनैपुर्णिमा र शनिवार गाईजात्रा मनाईने भएको छ ।
Categorized in स्थानिय