१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको केशरमहल चोकमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु


प्रकाशित: बुधवार, १७ मंसिर २०८२, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । केशरमहल चोकमा कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । 


मंगलबार अपराह्न ३ बजेतिर भएको उक्त दुर्घट्नामा बा प्र ०१–०३० च २३४८ नम्बरको कारले ट्राफिक कोणमा ठोक्किँदै पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार गम्भीर घाइते भएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान भने खुल्न बाँकी रहेको सुवेदीले बताए ।


दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी हवल्दार परशुराम ठाकुर पनि घाइते भएका छन । 


ठाकुरको दुवै खुट्टा र छातीमा चोट लागेको र अहिले नेपाल प्रहरी अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।


दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex