काठमाडौं । काठमाडौको कालिकास्थानबाट एक स्कुटरको डिकी भित्र रहेको ९ लाख नगदसहित स्कुटरचोरी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–२८ कालिकास्थानस्थित पाथ सेट कन्सलटेन्सी अफिस पछाडि सुनसरी ईटहरी उपमहानगरपालिका–६ घर भई हाल काठमाडौं अनामनगर बस्ने स्वेता उप्रेतीले पार्किङ गरी राखेको बा.५०प ७६६३ नम्बरको स्कुटर र सो स्कुटरको डिक्की भित्र रहेको नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको बताइएको छ ।
प्रहरीले फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज