२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको कलंकीबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवक पक्राउ


प्रकाशित: सोमवार, १८ साउन २०८२, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार पक्राउ पर्ने युवक हेटौंडा स्थायी घर भई हाल भक्तपुरको कौशलटारमा बस्दै आएका २१ वर्षीय सुशान्त दाहाल हुन ।

 
शनिबार कलंकी क्षेत्रमा क्रिप्टोको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । 


सोही क्रममा दाहाललाई नियन्त्रणमा लिइएको र प्रारम्भिक अनुसन्धानमा उनले उनले युएसडिटी (USDT), बिटक्वाइन (BTC), इथेरियम (ETH) र बाइनान्स (BNB) जस्ता क्रिप्टो मुद्राको कारोबार गर्दै आएको खुलेको छ।


एसपी चन्दका अनुसार उनले नेपाली रुपैयाँ अनुसार ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेका छन ।

 
उनको साथबाट एक थान मोबाइल फोन र दुई थान सिमकार्ड समेत बरामद गरिएको छ ।


प्रहरीले दाहालविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुनेू भन्ने कानुनी प्रावधानअनुसार थप अनुसन्धान अघि बढाएको जनाएको छ।


नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका डिजिटल मुद्राहरूको कारोबारलाई गैरकानुनी मानेको छ र यस्ता गतिविधिमा संलग्न हुन नदिन प्रहरी परिचालन गर्दै आएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex