१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंको ओम अस्पतालमा तोडफोड, प्रहरीको लाठी प्रहारबाट एक बालक घाईते


प्रकाशित: शुक्रवार, ३१ जेठ २०७६, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । पित्तथैलीको अप्रेशन गर्दा सिन्धुपाल्चोककी रामप्यारी थापा मृत्यु भएपछि उनका आफन्तले शुक्रवार ओम अस्पताल तोडफोड गरेका छन । 


उनका आफन्तले रामप्यारीको मृत्यु डाक्टरको लापरवाहीको कारण मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रेका थिए । साँझ भएको प्रदर्शनमा अस्पतालमा ईटा प्रहार गर्दा अस्पतालका केही सिसा फुटेको छ । 


प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन लाठी प्रहार गरेपछि लाठी प्रहारबाट एक बालक गम्भिर घाईते भएका छन भने दर्जनौ घाईते भएका छन । 


बालक घाईतेको नजिकैको मेडिकेयर अस्पतालमा उपचार भईरहेको छ ।  


आन्दोलनपक्ष र अस्पताल प्रशासनबीच वार्ता भएपनि कुनै सहमति नहुँदै झडप हुन पुगेको थियो । मृतक पक्षको माग अनुसार उपचार खर्च अस्पतालले मिनाह गर्ने भएको छ । 


रामप्यारीको विहिवार उपचारको क्रममा मृत्यु भएको थियो । उनको आन्द्रो दुलो परेर शरिरभरि संक्रमण फैलिएपछि मृत्यु भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD