२० बैशाख २०८१, बिहिबार
Header

काठमाडौंको एक होटलमा मृत भेटिएकी महिलाको हत्या आशंका एक जना पक्राउ


प्रकाशित: आइतवार, २८ माघ २०८०, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले शनिवार काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आशंका एक जनालाई पक्राउ गरेको छ । 


जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । 


प्रहरीले पक्राउ परेका ती पुुरुषको नाम भने सार्वजनिक गरेको छैन । शनिबार साँझ २८ वर्षीया प्रमिला दमाईको सराहा धनुषा होटल एण्ड लजमा शब भेटिएको थियो । 


दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर अर्को चाबीले ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

 
ती महिलासँगै होटल आएका उनले होटलको रेकर्डमा गलत विवरण टिपाएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD