३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको एक होटलबाट हतियार सहित ४ जना पक्राउ


प्रकाशित: बुधवार, ८ असोज २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ९ सम्भूमार्गस्थित एभेरष्ट होहिडे इन होटलबाट पेस्तोलसहित ४ जनालाई पक्राउ परेका छन । 


बुधबार विहान साढे ११ बजे होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।


पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका छन । 


प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको छ  ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex