७ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

काठमाडौंको ईतिहास बझुाउने उपन्यास ‘शङ्खधर’को लोकार्पण


प्रकाशित: शुक्रवार, १३ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । मानवअधिकारवादी नेता तथा नेपाल संवत आन्दोलनका अभियन्ता मल्ल के सुन्दरद्वारा लिखित उपन्यास ‘शङ्खधर’(नेपालभाषाबाट नेपालीमा अनुदित) लोकार्पण भएको छ ।  


शुक्रवार राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उपन्यासमा उल्लिखित शङ्खधरको इतिहास वास्तविक रहेको विचार व्यक्त गरेका छन । 


उनले भने, ‘ल्हासामा सुन भए नभएको केही थाहा नभए पनि यस उपन्यासमा भने राष्ट्रिय बिभूति शङ्खधरको ईतिहास रोचक छ ।’


नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भाषा र ईतिहासमा यो पुस्तक उन्नत रहेको बताए । यस पुस्तकको प्रकाशनले स्थानीय सरकारको महत्व कति रहेको छ भन्ने कुराको उदाहरण पुष्टि गरेको उनको भनाई थियो । 


प्रतिष्ठानले  उपन्यासलाई अग्रेजीमा समेत अनुवाद गर्ने  कुलपति उप्रेतीले जानकारी दिए । 


त्यसैगरी  प्रा डा अभि सुवेदीले इतिहासलाई उपन्यासमा ढाल्न सक्नु चुनौतीपूर्ण काम बताउ“दै काठमाडौँको इतिहास बुझ्न यो उपन्यास महत्वपूर्ण रहेको बताए । 


कार्यक्रममा उपन्यासका लेखक मल्ल के ले यस पुस्तकले काठमाडौंको वास्तविक ईतिहासलाई उजागर गरेको यो अध्ययको लागि महत्वपूर्ण भएको बताए । 


मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल संवतका प्रवत्र्तक शङ्खधरका नाममा नगरपालिकाले भवन, उद्यान र ढुङ्गेधारा निर्माण गर्न लागेको जानकारी दिनुभयो ।


अगिव बनेपालीले एकमहिनैमा अनुवाद गरेको यस पुस्तकको बजार मुल्य रु ३५० रहेको छ ।  


विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमा सांसद भीमसेन दास प्रधान, नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली, नेपाल प्रज्ञा प्रतिस्थानया कुलपति गंगा प्रसाद उप्रेति लगायतले आ–आफ्ना धारणा राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika