काठमाडौं । नेपालीहरुले मनाउने चाडपर्वमध्येको एक तिहार पर्व सुरु भएको छ ।
बुधवारदेखि तिहार सुरु हुने भएपनि मानिसहरु किनमेलको लागि हतारिएका छन । काठमाडौंमा किनमेलका लागि सर्वसाधारणहरुको भीड देखिन थालेको छ ।
काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।
अहिले बजारमा भाइ मसला तथा फूलका माला किन्नेहरुको भीड लागेको देख्न सकिन्छ । यस्तै झिलिमिली बत्ति किन्ने पसलमा पनि मानिसको भीड उस्तै छ । तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचो पनि बजारमा थामिनक्नु देखिन्छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर









Categorized in सम्पदा/संस्कृति