३ आषाढ २०८२, मंगलबार
Header

काठमाडौंका २ होटललाई ३/३ लाख जरिवाना


प्रकाशित: मंगलवार, १५ असोज २०८१, २१ः०० बजे
- महानगरखवर

काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा होटल एभरेस्ट र बुटिक होटल बसेरालाई तीन/तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।


नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेपछि ३ लाख नगद जरिवाना गरको विभागले जनाएको छ । 


त्यसैगरी, बबरमहलस्थित बसेरा होटलले खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरको पाइएपछि जरिवना गरिएको हो । 


दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना तिराइएको विभागको भनाइ छ । विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex