काठमाडौं । काठमाडौंका होडिङ बोर्डहरु हटाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएको छ ।
गृहमन्त्री थापाले शुक्रवारदेखि नै होर्डिङ बोर्ड, पर्चा, पम्पलेट लगायतका सामाग्री हटाउन निर्देशन दिएका हुन ।
विहिवार गृहमन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री थापाले सम्बन्धित निकायलाई यस्ता सामग्री हटाउन निर्देशन दिएका छन ।
विभिन्न चारवटा समूह बनाएर कारवाही अघि बढाउने तयारी गरिएको छ ।
त्यस्तै, उपत्यकाका विभिन्न स्थानमा अव्यवस्थि रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकाका तार समय सीमा तोकी सार्वजनिक सूचना जारी गरी हटाउने निर्णय गरिएको छ ।
Categorized in स्थानिय