१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंका स्मार्ट टवाईलेट अभियान्ता प्रकाश अमात्यको निधन


प्रकाशित: शनिवार, १ भाद्र २०७९, ०९ः२० बजे 
- महानगरखबर

काठमाडौं । स्मार्ट टवाईलेट तथा सफाई अभियान्ता प्रकाश अमात्यको निधन भएको छ ।


शुक्रबार साँझ ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । करिब ८ बजेको समयमा अमात्यको अस्पतालमा हृदयघातका कारण निधन भएको हो ।


अमात्य लामो समयदेखि सफाई अभियान्ताको रुपमा परिचित छन । एरोशान हबका नेपाल कार्यकारी प्रमुख समेत रहेका अमात्यको डिजाईनमा निर्माण भएको अत्याधुनिक शौचालयहरु कठमाडौंको विभिन्न स्थानमा निर्माण भएको छ ।


काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा एरोशान हबले अत्याधुनिक नमुना शौचालयहरुको निर्माण तथा संचालन गरिरहेको छ । 


एरोशान हबले स्वयम्भु, त्रिपुरेश्वर, भिमसेनथान मा स्मार्ट शौचालय संचालनमा ल्याएका छन ।


अमात्यको अन्तिम संस्कार शनिबार बिहान ७ बजे पशुपति आर्यघाटमा गरिने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD