१६ बैशाख २०८१, आइतबार
Header

काठमाडौंका सम्पदा क्षेत्रहरु घुम्नको लागि साझाको घुम्ती बस सेवा सुरु 


प्रकाशित: मंगलवार, ९ जेठ २०८०, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको सम्पदा क्षेत्रहरुको घुम्नको लागि साझा यातायातले ‘सम्पदा घुम्ती बस सेवा’ सञ्चालनमा ल्याएको छ । 


मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सदन किराँती र ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेर सेवा सञ्चालनमा ल्याएको हो ।  

 
घुम्ती बस सेवा को परीक्षण सञ्चालन सुरू गरिएकोले हाललाई निःशुल्क रुपमा घुम्न सकिने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए । 


नेपाल पर्यटन बोर्डले उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्धेश्यले उक्त बस सेवा सञ्चालनमा ल्याइएको हो ।  


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी सम्पदा घुम्ती बस सेवा सुरू गरिएको हो ।


साझा बससँग दुई महिनाको लागि सम्झौता गरी विद्युतीय गाडिबाट सेवा दिने भएको हो । 

 


फाईल फोटो

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD