१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंका सबै स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र लिन सकिने


प्रकाशित: शुक्रवार, २३ पुस २०७८, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । आईतबार देखि काठमाडौंका सबै स्थानीय तह र ईलाका प्रशासनबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ । 


पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राष्ट्रिय परिचयपत्र लिनेको भीड बढ्न थालेपछि सो व्यवस्था गरिएको राहादानी विभागले जनाएको छ ।  


राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि काठमाडौं लगायतका विभिन्न स्थानमा परिचयपत्र लिनेको भिड बढेको हो । 


विभागका निर्देशक ललितकुमार बस्नेतइलाका प्रशासन र स्थानीय तहबाट पनि अनलाईन सेवाका लागि दर्ता स्टेशन थप गर्न लागिएको विभागका निर्देशक ललितकुमार बस्नेतले बताए । 


राहदानी विभागमा १० स्टेशन, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ९ वटा, ललितपुर जिल्ला प्रशासनमा ५ वटा स्टेशनहरू थप गरिएको छ ।


राहदानी बनाउन काठमाडौं आउने नागरिकको हित र सुविधालाई मध्यनजर गरी तत्कालका लागि बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइएको बस्नेतले जानकारी दिए ।


यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग)मा व्यवस्था गरिएको उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD