३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंका रामशरण फेवातालमा बेपत्ता


प्रकाशित: सोमबार, १२ फागुन २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । पोखराको फेवातालमा डुङ्गा पल्दिँदा डुङ्गामा काठमाडौ महानगर १२ वडाका २५ बर्षिय सुमित भन्ने रामशरण लुइटेल बेपत्ता भएका छन ।


डुङ्गामामा सवार सुविन चालिसे र रुपेश अधिकारीको भने प्रहरीले सकुसल उद्धार गरेको प्रदेश प्रहरी कार्यालय पोखराका राजेन्द्रबाबु रेग्मीले बताए ।


प्रहरीका अनुसार उनीहरु आफैले डुङ्गा चलाएर फेवाताल घुम्दै थिए तर डुङ्गा पल्टिएका थिए । 


प्रहरीले बेपत्ता लुईटेलको खोजीलाई तिब्र बनाएका छन । उद्धारका लागि गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका रेस्क्यु टिम र नेपाल प्रहरीको टिम परिचालित भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex