१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौंका यी स्थानहरुबाट नेपाल ग्यास वितरण गरिँदै


प्रकाशित: बुधवार, १९ चैत्र २०७६, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास वितरण गरिने भएको छ ।


नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोकमा वितरण गरिने भएको हो ।


त्यसैगरी बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।


लकडाउनको समयमा ग्यास अभाव भएपछि उद्योगले बालाजु बाहकका नयाँ स्थानमा ग्यास वितरण गर्न लागेको हो । 


काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ । काठमाडौं उपत्यकाका ग्यास बिक्री केन्द्रहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD