२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौंका यी सडकहरु ‘वान वे’ बनाइँदै


प्रकाशित: सोमवार, २२ असोज २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरभित्रका केही सडकहरु ट्राफिक जामलाई ध्यानमा राखेर ‘वान वे’ (एकतर्फी) बनाउने तयारी गरिएको छ । 


महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गरिने भएको हो । 


एकतर्फी हुने सडकहरुमा काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँदैन । 


त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हूँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइनेछ । 


पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD