काठमाडौं । शुक्रवार महाशिवरात्रीको दिन काठमाडौका १० वटा रुटमा सवारी साधन निषेध गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुदै गौशालातर्फ, द्धारिका होटलको उत्तर तर्फको शाखा मार्गमा सवारी निषेध गरिएको छ ।
त्यसैगरी सिफल चौरबाट जय बागेश्वरी तर्फ, लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ निषेध गरिने जनाएको छ ।
रिङरोडमा भने नियमित रुपमा साविककै रुपमा सवारी चल्ने महाशाखाले जनाएको छ ।

Categorized in समाज