४ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंका मुख्य सडकमा स्मार्ट स्ट्रिट लाईट राखिने


प्रकाशित: शुक्रवार, ३ माघ २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंका मुख्य सडकमा स्मार्ट स्ट्रिट लाईट (सडक बत्ती) राखिने भएको छ । 


एयरपोर्टदेखि सोल्टीमोड, त्रिपुरेश्वर, महाराजगंज, नवनिर्मित रिङरोड, सुर्यविनायक(कोटेश्वर, वालुवाटर एरियामा सडक बत्ती राख्न लागिएको हो । 


बिहीबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा बसेको सडक विभाग, काठमाडौं महानरगपालिका, ललितपुर महानगरपालिका, किर्तिपुर, भक्तपुर नगरपालिका, नेपाल विद्युत प्राधिकरण लगायतका सरोकारवाला निकायको बैठकले बत्ती राख्ने निर्णय गरेको हो । 


सडकमा जोडिने स्मार्ट बतीहरु विद्युतबाट बल्ने छन । यो स्मार्ट सडक बत्ती कसैले बाल्नुपर्दैन । आफै बल्छ अनि निभ्छ पनि।  रातपरेपछि बल्छ भने दिनमा निभ्छ ।


त्यसैगरी यो बत्तीमा विशेष प्रकारको सिसी क्यामेराले सवारीसाधनको इम्वोस्ड नम्वरप्लेट पनि पढ्न सक्छ । जसले शहरलाई जीवन्त तुल्याउन मद्दत गर्ने विश्वास लिईएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD