२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंका मतदाता स्वविवेकी छनः उपप्रमुख डंगोल


प्रकाशित: आईतवार, २६ भाद्र २०७९, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौंको मतदाता स्वविवेकी रहेको बताएकी छिन । 


कान्तिपुर मिडिया ग्रुुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको नेतृत्वमा महिला अब पहिला शीर्षकको चौथो सत्रलाई सम्बोधन गर्ने क्रममा उपप्रमुख डंगोलले स्थानीय चुनावी सन्दर्भमा महिला उम्मेदवारको अनुुभव सेयर गर्ने क्रममा सो कुरा बताएकी हुन । 


चुनावी मैदान महिला र पुरुषका लागि एउटै भए पनि निर्वाचनमा महिला उठ्दा विभिन्न किसिमका आक्षेप आउने गरेको उनले सुनाईन ।


उपप्रमुख डंगोलले चुनावमा आईडिया, भिजन र बहष भन्दा पनि महिलाको शारिरिक बनावट र बस्तुको माध्यमबाट मूल्याक्न गर्ने गरेको अनुुभव समेत बताईन । 


तर काठमाडौंका मतदाता स्वविवेकी रहेकोले मतदान गर्दा सही निर्णय लिएको उनले भनिन ।


उनले भनिन,‘चुनावमा धेरै गलत र भ्रम फैलाउने किसिमका समाचारहरू आउने गरेको र महिलालाई चरित्र हत्या गर्ने परिपाटी धेरै रहेको बताउँदै उनले भनिन्, ुचुनावमा उठ्दा मलाई तपाईं अविवाहित, तपाईंको स्माइल राम्रो छ भोट पाउनुहुन्छ भन्ने कुराहरू सुन्नुप¥यो ।


महिला आर्थिक रुपमा सक्षम भएपछि स्वनिर्णय गर्ने क्षमता बढ्न उनले बताईन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex