४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौंका न्यूरोड गेट र राष्ट्रिय सभा गृहमा बाह्रै महिना फुल फुलाईने


प्रकाशित: शनिवार, ३२ जेठ २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंका न्यूरोड गेट र राष्ट्रिय सभा गृहमा बाह्रै महिना फुल फुलाईने पहिलो चरणमा काठमाडौं महानगरले त्रिपक्षीय सम्झौता गरेको छ । 


महानगरका ट्राफिक आइल्याण्डमा एरोपोनिक प्रणाली जडान गरेर बाह्रै महिना फुल फुलाउन महानगर, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको हो । 


नयाँ सडक गेट अगाडि पूर्व तर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरिने भएको छ । 


शुक्रबार सम्पन्न सम्झौता पत्रमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की, नबिल बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अनिलकेशरी शाह र एरोरुटकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बिप्लव सिंहले हस्ताक्षर गर्नुभयो । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको रोहबरमा सम्पन्न सम्झौताबमोजिम अबको ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाइनेछ ।


सम्झौताबमोजिम ट्राफिक आइल्याण्डहरुमा फूल फुलाउन एरोपोनिक प्रणाली विकास तथा जडान गर्ने, नियमित रुपमा फूल फुलाउने, मलजल गर्ने, आवश्यक मर्मत संभार गर्ने आदि मुख्य काम एरोरुटले गर्नेछ । 


यो कामका लागि आवश्यक पर्ने लगानी तथा सञ्चालन खर्च नबिल बैङ्कले व्यहार्नेछ । प्रणाली जडान गर्ने ठाउँ उपलब्ध गराउने, जडान भएको प्रणालीको संरक्षण गर्ने तथा अन्तरनिकाय समन्वय गराउने काम महानगरले गर्नेछ ।


यो प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले २ बर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा संभार गर्ने काम एरो रुटले गर्नेछ । 


प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बार्षिक सम्भार खर्च ८ लाख ८४ हजार रुपैयाँ र दोश्रो वर्षको वार्षिक सम्भार खर्च १० लाख २८ हजार रुपैयाँ नबिल बैङ्कले एरोरुटलाई उपलब्ध गराउनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika