१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौंका निजी विद्यालय मंगलवार बन्द


प्रकाशित: सोमवार, २३ भाद्र २०८२, २०ः१८ बजे
- महानगरखबर

काठमाडौं । जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि मंगलवार बन्द हुने भएका छन ।


विद्यालय सञ्चालक संघका अनुसार विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।


आज भएको प्रदर्शनले काठमाडौं उपत्यकाको सामान्य जनजीवन प्रभावित बनेको छ । त्यही कारण भोलि (मंगलबार) उपत्यकाका साना तथा ठूला सबै निजी विद्यालयमा पठन–पाठन नहुने जनाइएको छ ।


विद्यालयहरुले अभिभावकलाई आधिकारिक सूचना पठाउँदै भोलि कक्षा सञ्चालन नहुने जानकारी दिएका छन । परिस्थिति सामान्य भएपछि मात्रै विद्यालय सञ्चालनमा आउने विद्यालय सञ्चालकहरुले जनाएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex