७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंका टेको लगाएको सम्पदाको व्यवस्थापन गर्न माग, १२ बुँदे सुझाव प्रस्तुत


प्रकाशित: शुक्रवार, २० साउन २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौ । काठमाडौं उपत्यकामा २०७२ सालको भुकम्पले क्षति पु¥याएका सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्वार गर्नु पर्ने सरोकारवालाहरुले माग गरेका छन ।


उनीहरुले मुख्यमुख्य पर्यटकीय स्थलमा जोखिमपुर्ण रुपमा टेको लगाई राखेका निजी वा सार्वजनिक संरचनाहरुको उचित व्यवस्थापन गर्नु पर्ने माग राख्दै १२ बुँदे सुझाव प्रस्ताव गरेका छन ।


शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय जीवनराम श्रेष्ठको अध्यक्षतामा काठमाडौं उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन सम्बन्धमा बसेको विशेष छलफलमा सो विषयमा चर्चा गरिएको हो । 


सो अवसरमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरसहित काठमाडौं उपत्यकाको पर्यटन विकास र बृद्धिका लागि मन्त्वय दिएका थिए । बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगयात काठमाडौं उपत्यकाका प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुबीच छलफल भएो थियो  ।

 

 


बैठकमा काठमाडौं उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्वनको १२ बुँदे सुझावहरु आएका थिए । 


१. २०७२ सालको भुकम्पले क्षति पु¥याएका सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्वार गर्नु पर्ने तथा मुख्यमुख्य पर्यटकीय स्थलमा जोखिमपुर्ण रुपमा टेको लगाई राखेका निजी वा सार्वजनिक संरचनाहरुको उचित व्यवस्थापन गर्नु पर्ने,


२. सुरक्षाको कारण देखाई पर्यटकहरुका लागि बन्द गरेका स्थानहरु आवश्यक सुरक्षा व्यवस्था गरी खुल्ला गर्नुकासाथै शान्ति सुरक्षा र कोभिड १९ रोगबाट सुरक्षाको प्रत्याभुति हुने वातावरण तयार गरी आवश्यक प्रचार प्रसार गर्नु पर्ने,


३. काठमाडौं उपत्यकाभित्र बग्ने सबै साना ठूला खोला र नदीको प्रदुषण नियन्त्रण र फोहर व्यवस्थापनको दिगो समाधान खोज्नु पर्ने र समग्र अपराध र पर्यटनसंग सम्बन्धित अपराध न्यूनीकरण गरी सुरक्षित वातावरण तयार गरी बढ्दो ध्वनी, धु“वा, वातावरण, पानी, र रसायन प्रदुषण नियन्त्रण गरी सफा र स्वच्छ वातावरण तयार गर्नु पर्ने,


४. काठमाडौं उपत्यकाको मौलिक नेवारी जीवनशैली, कला, संस्कृति, संस्कार, सीप, खाद्य सामग्रीलगायतका विषयहरु संरक्षण र प्रवद्र्वन गर्ने तथा विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा क्षेत्रहरुमा क्रमशः सवारी साधन निषेध गर्दै लानु पर्ने,


५. काठमाडौं उपत्यकाका लोपोन्मुख जात्रा, पर्व, नाचगान, बाजा र सा“स्कृतिक गतिविधिको संरक्षण र प्रवद्र्वन गर्ने तथा मुख्यमुख्य पर्यटकीय स्थलहरुमा पर्यटनका पूर्वाधारहरु  बसपार्क, शौचालय, सूचना केन्द्र, सेवा केन्द्र, विश्राम स्थल, मनोरञ्जन पार्क, सूचना र संकेत बोर्ड व्यवस्थापन गर्नु पर्ने,


६. पर्यटकीय क्षेत्रमा सहजपहु“च पु¥याउन आवश्यक व्यवस्था मिलाई ट्राफिक व्यवस्थापन र पर्यटकीय क्षेत्रहरुमा ढलको उचित व्यवस्थापन तथा भुस्याहा कुकुर, छाडा चौपाया, दोपाया, माग्ने केटाकेटी आदिको नियन्त्रण गर्नु पर्ने,


७.विभिन्न प्राकृतिक विपत्तिका कारण लोप भएका पुरातात्विक क्षेत्रको उत्खनन गरी प्राप्त प्रमाणको आधारमा सम्पदाहरुको पुननिर्माण र सांस्कृतिक सम्पदाहरुको परम्परागत शैलीमा श्रृंगारको व्यवस्था गर्नु पर्ने,


८. परम्परागत शैलीमा निर्माण गर्ने निजी घर धनीहरुलाई उचित अनुदानको व्यवस्था गरी संरक्षण गर्नु पर्ने,


९. सार्वजनिक र निजी ऐतिहासिक चित्रकला, काष्ठकला, धातुकला, प्रष्तरकला, मृतिकाकला, थ्यासाफु“ंलगायतका पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्नु पर्ने,


१०. पर्यटन उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तालिमहरुको व्यवस्था गर्नु पर्ने, 


११. काठमाण्डौ उपत्यकालाई प्रदुषण मुक्त, सफा र सुन्दर बनाई सा“स्कृतिक केन्द्रको रुपमा विकास गर्नु पर्ने र


१२.काठमाडौं उपत्यकाका आदिवासी, जनजाती नेवारहरुको परम्परागत पेशा, उत्पादन, पोशाक, संस्कार, जात्रापर्वलगायत संग सम्बन्धित संग्रहालयहरुको व्यवस्था गर्नु पर्ने ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD