१० भाद्र २०८३, बुधबार
Header

काठमाडौंका आकाशे पुल जोखिममा, तत्काल मर्मत गर्न उपप्रमुखको निर्देशन


प्रकाशित: आईतवार, १८ मंसिर २०७९, २०ः१० बजे  
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले आकाशे पुल  जोखिममा रहेको बताएकी छिन । 


उपप्रमुख डंगोलले जोखिममा रहेको आकेशपुलहरु तत्काल मर्मत सम्म्हार गर्न सम्बिन्धीत पक्षलाई निर्देशन दिएकी छिन । 


सार्वजनिक निजी साझेदारी एकाईका अधिकारीहरुसँगको छलफलमा उनले आकाशे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल गर्नुपर्ने देखिएको चर्चा गरिन । 


उनले भनिन,‘आकाशे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बारहरु अग्ला भएकाले साँझ विहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘पुलका बार घटाउनु पर्छ । यी बारहरु पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदेन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू ।’


सो छलफलमा निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराएका थिए । 


काठमाडौको रत्नपार्क, भोटाहिटी, जमल,पुरानोबसपार्क, माईतीघरमण्डला, वीर अस्पताल, नेपाल एयरलाईन्स, सहिद गेट, नयाँ बानेश्वर, चावहिल चोकमा रहेको छ । 


यी मध्ये रत्नपार्क, भोटाहिटीको पुल एकदमै असुरक्षित देखिएको सर्वधारणहरुले बताएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex