४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौँ सुविधानगरमा ७४ वटा सिसी टिभी जडान


प्रकाशित: मंगलवार, ३ असार २०७६, ०९ः१० बजे
- महानगरखवर

काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका ३२ वडा सुविधानगरमा ७४ वटा सिसी टिभी जडान गरिएको छ । 


महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सामुदायिक विकास समिति र एकीकृत उपभोक्ता सङ्घ एवं सुरक्षित नागरिक समाजको सहकार्यमा सिसी टिभी जडान गरिएको हो । 


महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन तथा प्रहरीलाई हस्तान्तरण गर्दै समाजसँगको सहकार्यमा प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताए । 


त्यसैगरी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले नेपाल प्रहरीले अङ्गीकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन समुदायको पूर्ण विश्वास र सहयोग प्राप्त हुने अपेक्षा राखे ।


महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि सिसी क्यामेराले अपराध नियन्त्रणम ठुलो भुमिका खेल्ने बताए । 


सिसी टिभीमार्फत २०७५ सालमा १६ हजारभन्दा बढी ट्राफिक नियम उल्लङ्घनमा संलग्नलाई कारवाही गरिएको, ९३ मुद्दामा ‘हिट एण्ड रन’मा नम्बर नखुलेका सवारी साधनहरू पछि पहिचान भएका तथा ४६ लुटपाटको घटनामा संलग्नहरूलाई पक्राउ गर्न सफल भएको उहाँले जानकारी दिए । 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika