१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौँ महानगर र फ्रान्सको मेड्सा डु मोन्डविच स्वास्थ्य परियोजनामा सम्झौता


प्रकाशित: विहिवार, २७ जेठ २०७८, १८ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका र मेड्सा डु मोन्ड फ्रान्सविच वातावरणीय स्वास्थ्य परियोजनामा सम्झौता भएको छ । 


विहिवार अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता भएको हो । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले हस्ताक्षर सम्झौता पत्रमा  गरेका छन । 


एक अर्काको आचारसंहिता, पारदर्शिता तथा ववाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्ने गरी सम्झौता भएको हो ।


अहिले भएको क्लिनिकको संरचनालाई सुधार गरिने डा. फेबोलले प्रयोगशाला स्थापना, जनशक्ति थप गर्ने, चिकित्सकीय सामाग्री तथा उपकरण थप गर्ने योजना सुनाएका थिए । 


सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहार्नेछ । परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछन ।


सम्झौताबमोजिमकाृे स्वास्थ्य प्रवर्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ ।


सम्झौता अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य विभागका अधिकारी तथा विभागीय प्रमुखहरु सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD